दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२” रहेको छ ।
(२) यो ऐन नेपाल……….भर  लागू हुनेछ र नेपाल……….बाहिर जहाँसुकै बसेको भएपनि सबै नेपाली नागरिकलाई र नेपालमा राजस्व चुहावट गरी विदेशमा बस्ने गैर नेपाली नागरिक वा संस्थालाई समेत लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति देखि प्रारम्भ हुनेछ ।